२० वर्षभन्दा पहिले विवाह गरेमा किशोरको किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा नकरात्मक असर पर्दछ तसर्थ बिहेवारी २० वर्ष पारी गरौं !!! प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ तसर्थ बच्चाको जन्म भएको पैंतीस दिनभित्र आफू स्थायी बसोबास गरेको गाउँ नगर पालिकाको वडा कार्यालयमा गई बालबालिकाको जन्म दर्ता गरौं !!! प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ, तसर्थ बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक र राज्यको भूमिका बढाउ !!! बालबालिका सम्बन्धी ऐन 2075 को.दफा 63 मा प्रत्येक स्थानीय तहमा बालबालिकालाई तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काममा समेत का लागि बाल कोषको व्यवस्था गर्नुपर्दछ भन्ने उल्लेख गरिएको ६, बाल कोषको स्थापना गरी बालबालिका सम्बन्धी ऐन 2075 को पालनामा सहयोग गरौं !!! बालबालिका सम्बन्धी ऐन 2075 को दफा ६१ बमोजिम प्रत्येक स्थानीय तहमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन तथा बाल संरक्षण कार्यसमेत गर्नको लागि बालकल्याण अधिकारी नियुक्त गर्नु पर्दछ तसर्थ बालकल्याण अधिकारी नियुक्त गर्नुभएका स्थानीय तहहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य स्थानीय तहहरुलाई बालकल्याण अधिकारी.नियुक्ति गर्नका लागि अपिल गर्द !!!

22 May, 2025

विद्यालय परिसरभित्र फेला परेको सकेट बम प्रति सिजपको प्रेस विज्ञप्ति

रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँको भगवती माध्यमिक विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला परेको घटना प्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न सञ्चारमाध्यमको अनुसार २०८२ जेठ ५ गते भगवती माध्यमिक विद्यालयका लागि नयाँ भवन बनाउने उद्देश्यले जग खन्ने क्रममा भेटिएको बम मङ्गलबार मध्याह्‍न सेनाको टोलीले डिस्पोज गरेको हो ।
गत भाद्र २०८१ मा पाँचथरको फालेलुङ गाउँपालिका –५ प्राङवुङको डाँडागाउँ टोलमा बालबालिका खेलिरहेका बेला घरको ‘लाछी’ बाट गोलो देखिने वस्तु घर पछाडि बलेसीमा झरेपछि एक बालकले चलाउन खोज्दा विस्फोटक पदार्थ विस्फोट भइ दुई बालबालिकाको मृत्यु भएको थियो । सशस्त्र द्वन्द्व सकिएर देशमा शान्ति पुनस्थापना भएको १९ वर्ष पुगिसकेको छ । अझै पनि द्वन्द्वको अवशेषहरू बाँकिनै रहनु दुखद छ त्यसमा पनि विस्फोटक पदार्थहरू विद्यालयहाता भित्र भेटिनु झन् दुखद हो । विगतमा द्वन्द्वरत पक्षले कहाँ कहा यस्ता कुराहरू राखेका थिए भन्ने कुराको खोजी गरी विस्फोटक वस्तुहरू लाई हटाउन र डिस्पोज गर्न ध्यान दिन हामी अपिल गर्दछौा । द्वन्द्वको क्रममा करिब ५०० बालबालिकाको मृत्यु र ६०० भन्दा धेरै बालबालिका घाइते भएका थिए भने हजाराँैका संख्यामा बालबालिका अभिभावक विहिन हुन पुगेका तितो यथार्त हाम्रो सामु जीवित नै छ । द्वन्द्वको पीडा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भोगेका बालबालिकाको मानसिक स्वास्थ्यमा आघात परेको छ । अझै पनि यस्ता घटनाहरू घटिरहदा बालबालिकामा झनै गम्भीर समस्याहरू पर्नसक्ने भएकोले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण होस् भनि अनुरोध गर्दछौँ ।
यस घटनाको सन्दर्भमा छानविन गर्न र बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकार प्रति प्रतिबद्ध हुन सम्पूर्णमा अपिल गर्दछौँ । बालबालिकाको सुरक्षित तथा संरक्षित जीवन सुनिश्चितताको लागि नेपाल सरकार सम्बद्ध संवैधानिक, कानूनी, नीतिगत, संरचनागत तथा कार्यक्रमिक रूपमा प्रतिबद्ध रहेको नै छ । विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को (६.१.१) (ङ) मा विद्यालयमा सशस्त्र हिंसात्मक क्रियाकलापको सत्यतथ्य पत्ता लगाई घटना सार्वजनिक गर्ने र त्यसबाट प्रत्यक्ष प्रभावित विद्यालय र पीडितलाई आपतकालीन सहयोग प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसका साथै बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि उचित उपाय अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहन गरेको छ ।बालबालिकालाई भय रहित वातावरणमा खेल्न, हिड्न र विद्यालय शान्तिक्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय नागरिक सङ्घ संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्न हार्दिक अनुरोध गर्दछौँ ।
मिना शर्मा तिलोत्तम पौडेल
अध्यक्ष महासचिव
मिति : २०८२ जेठ ८