21 Feb, 2024
राष्ट्रिय बाल अधिकार परिषद्को आयोजना र बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान (CZOP) , Good Shepherd International Foundation Nepal को सहकार्यमा यहि फाल्गुन ८ गते मंगलवार काठमाडौमा बालअधिकार प्रणाली सुद्दढीकरणकालागि परामर्श कार्यक्रम सम्पन्न भएको छ । राष्टिय बाल अधिकार परिषद्का सदस्य‐सचिव श्री इन्द्रादेवी ढकाल स्वागत मन्तव्य तथा परिषद्का उपाध्यक्ष श्री बम बहादुर बानियाँको अध्यक्षता सम्पन्न भएको यस कार्यक्रममा, परिषद् सदस्य, नेपाल सरकारका विभिन्न मन्त्रालयबाट बालबालिका शाखा हेर्ने प्रतिनिधि, विकास साझेदार संस्था, बालबालिकाको क्षेत्रमा कार्य गर्ने संजाल, बालबालिकाको क्षेत्रमा कार्य गर्ने संस्था, बाल संजाल प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा परिषद्को तर्फबाट रामबहादुर चन्दले बालबालिकाको अवस्थामा प्रस्तुतिकरण गर्नु भएको थियो भने सुम्निमा तुलाधरले बाल अधिकार प्रणाली सबलीकरण विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।