२० वर्षभन्दा पहिले विवाह गरेमा किशोरको किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा नकरात्मक असर पर्दछ तसर्थ बिहेवारी २० वर्ष पारी गरौं !!! प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ तसर्थ बच्चाको जन्म भएको पैंतीस दिनभित्र आफू स्थायी बसोबास गरेको गाउँ नगर पालिकाको वडा कार्यालयमा गई बालबालिकाको जन्म दर्ता गरौं !!! प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ, तसर्थ बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक र राज्यको भूमिका बढाउ !!! बालबालिका सम्बन्धी ऐन 2075 को.दफा 63 मा प्रत्येक स्थानीय तहमा बालबालिकालाई तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काममा समेत का लागि बाल कोषको व्यवस्था गर्नुपर्दछ भन्ने उल्लेख गरिएको ६, बाल कोषको स्थापना गरी बालबालिका सम्बन्धी ऐन 2075 को पालनामा सहयोग गरौं !!! बालबालिका सम्बन्धी ऐन 2075 को दफा ६१ बमोजिम प्रत्येक स्थानीय तहमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन तथा बाल संरक्षण कार्यसमेत गर्नको लागि बालकल्याण अधिकारी नियुक्त गर्नु पर्दछ तसर्थ बालकल्याण अधिकारी नियुक्त गर्नुभएका स्थानीय तहहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य स्थानीय तहहरुलाई बालकल्याण अधिकारी.नियुक्ति गर्नका लागि अपिल गर्द !!!

16 February, 2023

नेपालमा बाल अधिकार अनुगमन सम्बन्धी स्वतन्त्र उच्च स्तरीय संयन्त्रको विषयमा अन्तर संवाद कार्यक्रम

यही मिति २०७९ फागुन ३ गते तदनुसार १५ फेव्रवरी २०२३ तारिखका दिन बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) र गैर सरकारी स‌‌स्था महासंघ नेपालको संयुक्त आयोजना, सेभ द चिल्ड्रेन, सिडा तथा प्लान इन्टरनेशनल नेपालको सहकार्य तथा बाल अधिकार सम्बन्धी नागरिक समाज सञ्जालहरुको ऐक्यवद्वतामा नेपालमा बाल अधिकार अनुगमन सम्बन्धी स्वतन्त्र उच्च स्तरीय संयन्त्रको विषयमा अन्तर संवाद कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा बाल अधिकार तथा कानूनविद् इन्दु तुलाधारले बाल अधिकार अनुगमन सम्बन्धी उच्च स्तरीय संयन्त्रको औचित्यता र आगामी प्राथमिकताका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने कार्यक्रममा सहभागी सबैले बाल अधिकार अनुगमन संयन्त्रको औचित्यता र संभाव्य उपायहरुको बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो।