29 Apr, 2024
मिति २०८१ साल बैशाख १६ गते आइतबारका दिन राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) बीच बाल अधिकार सूचना व्यवस्थापन प्रणाली समन्वय बैठक परिषद्का उपाध्यक्ष श्री बम बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकमा परिषद् सदस्यहरु, कर्मचारीहरु र बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।