बाल अधिकारका लागि संसदिय मन्चको बैठकमा तपसिलका एजेन्डाहरु माथि विस्तृत रुपमा छलफल
29 Feb, 2024
बाल अधिकारका लागि संसदिय मन्चको बैठकमा तपसिलका एजेन्डाहरु माथि विस्तृत रुपमा छलफल
हिजो १६ फागुन, २०८० बाल अधिकारका लागि संसदिय मन्चको बैठकमा तपसिलका एजेन्डाहरु माथि विस्तृत रुपमा छलफल भयो।
७५३ स्थानिय तहहरुमा बालबालिका सम्बन्धी कार्यबिधि बनाउन, बाल अधिकार समिति गठन गर्न, बाल कल्याण अधिकारी छनौट गर्न र समाजसेवी तथा बालमनोबिज्ञ छनौट सम्बन्धमा छलफल भएको,
(बालबालिका सम्बन्धी कार्यबिधि ३७३ स्थानिय तहमा, बाल अधिकार समिति गठन ३०९ मा, बाल कोष २४६ मा, बाल कल्याण अधिकारी छनौट २९४ मा तोकिएको साथै ९ मा मात्र नियुक्त भएको, समाजसेवी तथा बालमनोबिज्ञ छनौट ९ मा मात्र भएको अवस्थामा ध्यानाकर्षण)
बालविवाह अन्त्यका लागि रणनीतिक योजना २०८० मा छलफल भएको र
बाल सुधार गृहको अवस्था र भुमीका सम्बन्धमा संसदिय मन्चको त्रैमासिक योजनामा छलफल भएको छ ।