२० वर्षभन्दा पहिले विवाह गरेमा किशोरको किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा नकरात्मक असर पर्दछ तसर्थ बिहेवारी २० वर्ष पारी गरौं !!! प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ तसर्थ बच्चाको जन्म भएको पैंतीस दिनभित्र आफू स्थायी बसोबास गरेको गाउँ नगर पालिकाको वडा कार्यालयमा गई बालबालिकाको जन्म दर्ता गरौं !!! प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ, तसर्थ बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक र राज्यको भूमिका बढाउ !!! बालबालिका सम्बन्धी ऐन 2075 को.दफा 63 मा प्रत्येक स्थानीय तहमा बालबालिकालाई तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काममा समेत का लागि बाल कोषको व्यवस्था गर्नुपर्दछ भन्ने उल्लेख गरिएको ६, बाल कोषको स्थापना गरी बालबालिका सम्बन्धी ऐन 2075 को पालनामा सहयोग गरौं !!! बालबालिका सम्बन्धी ऐन 2075 को दफा ६१ बमोजिम प्रत्येक स्थानीय तहमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन तथा बाल संरक्षण कार्यसमेत गर्नको लागि बालकल्याण अधिकारी नियुक्त गर्नु पर्दछ तसर्थ बालकल्याण अधिकारी नियुक्त गर्नुभएका स्थानीय तहहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य स्थानीय तहहरुलाई बालकल्याण अधिकारी.नियुक्ति गर्नका लागि अपिल गर्द !!!

08 Sep, 2025

आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न हार्दिक अपिल

आज काठमाडौं तथा देशका विभिन्न स्थानमा भएको जेन–जी उमेर पुस्ताको आन्दोलनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएको समचारहरुप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा होमिएका जेन–जीहरुको आजको आन्दोलन शान्तिपूर्ण हुने भनिएता पनि बानेश्वरको निषेधित क्षेत्र तोडेपछि हिंसात्मक भएको र माइतीघर मण्डलाबाट शुरु भएको ¥यालीमा विद्यालयको पोशाकमा सयौँ बालबालिका सहभागी भएका समाचारहरू सञ्चारमाध्यममा प्रकाशित भएका छन्। आन्दोलनमा बालबालिकाको प्रयोग गर्नु बालअधिकारको विरुद्ध भएकोले उक्त कार्यमा बालबालिकाको प्रयोग नगर्न सिजप सबैको ध्यानाकर्षण गर्दछ ।
यस घटना पश्चात सरकारले काठमाडौं तथा देशको विभिन्न स्थानमा कफ्र्यु आदेश गरेको छ जसको कारण विद्यालयहरुमा रहेका बालबालिकालाई डर, त्रास उत्पन्न भएको छ, घर फर्कन समस्या भईरहेको छ, तसर्थ विद्यालयमा सुरक्षा र विद्यालय समय पश्चात घरसम्म पुग्न सहज वातावरण बनाउन तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न सिजपको तर्फबाट सरकार, नेपाल प्रहरी र सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौँ ।
आजको आन्दोलनको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गदै सबै घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन, घटनाको छानबिन गर्न,दोषी माथी कारबाही गर्न सरकार समक्ष अनुरोध गर्दछौं । आन्दोलनकारीलाई समेत आफ्नो विषय शान्तिपूर्ण ढङ्गले राख्न, सार्वजनिक सम्पत्ति हानि तथा नोक्सानी नगर्न र सरकारलाई बल प्रयोग बाहेकको अन्य विकल्प खोज्न, आन्दोलन प्रति गम्भीर र जायज मागको सम्बोधन गर्न हार्दिक अपिल गर्दछौँ र यस आन्दोलनलाई भड्काउने,उस्काउने खालको अभिव्यक्ति नदिन समेत सबैलाई सिजप अनुरोध गर्दछ ।
यस प्रदर्शनमा मानव अधिकार र बाल अधिकार पालनाको अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगसँग सिजप अपिल गर्दछ ।

राजु घिमिरे तिलोत्तम पौडेल
महासचिव अध्यक्ष
२०८२ भाद्र २३